Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले प्रचार बिभाग सदस्य आचार्यले पार्टी छाडे, प्रेस काउन्सिलको सदस्यमा ६ जना नियुक्त


    सोमबार, जेष्ठ १९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को प्रचार बिभागका सदस्य इन्द्रप्रसाद आचार्यले पार्टी छाडेका छन् ।

    एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले सोमबार सामाजिक संजाल फेसबुकबाटै पार्टीको प्रचार बिभाग सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

    उनले लेखेका छन्–नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग सदस्यबाट आजैका मितिबाट राजीनामा घोषणा गर्दछु । आजबाट म कुनै पनि पार्टी वा संगठनमा नरहेको घोषणा गर्दछु । ४५ लाख फलोअर्स रहेको सञ्चार प्रतिष्ठानको नेतृत्व गर्दै जनतामा समर्पित हुने प्रतिवद्वता व्यक्त गर्दछु ।

    आचार्यले जनबोली डटकम अनलाइनको संचालन सम्पादन गर्दैआएका छन् । केही समयअघि भएको प्रेस चौतारीको महाधिवेशनबाट उनी संगठनबाट बिदा भएका थिए ।

    यसैबीच, संचार तथा सूचना प्रबिधि मन्त्रालयले प्रेस काउन्सिलका रिक्त ६ सदस्य पदमा नकुल अर्याल, भीमलाल श्रेष्ठ, निमा काफ्ले, शन्तराम बिडारी, बालकृष्ण अधिकारी र पदमराज जोशीलार्ई नियुक्त गरेको छ । तीन जना प्रेस चौतारीको सिफारिसमा र ३ जना नेपाल प्रेस युनियनको सिफारिसमा नियुक्त भएका हुन्् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार