फाइल फोटो
काठमाडौं । राज्य ब्यवस्था समितिले गएको जेठ २ गते पारित गरी संसदमा पठाएको संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित गर्न नहुने माग राख्दै आएको संयुक्त ट्रेड युनियन सञ्जालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
संयुक्त ट्रेड युनियनको आज बसेको बैठकले सञ्जालमा आवद्ध सबै ट्रेड युनियनका अध्यक्षहरु रहेको उच्चस्तरीय आन्दोलन निर्देशक समिति गठन गरेको छ ।
संजालले संघीय निजामती सेवाको विधेयकमा सम्पूर्ण कर्मचारी साथीहरुका मागलाई समावेश गरी ऐन जारी गराउन आवश्यक पर्ने आन्दोलनको स्वरुप निर्धारण र परिचालन गर्न देहायका समितिहरु गठन र परिचालन गर्ने निर्णय गरेको छ ।
संंयुक्त ट्रेड युनियन सञ्जालमा आवद्ध ट्रेड युनियनका दोश्रो (वरिष्ठ उपाध्यक्ष–उपाध्यक्ष वरियतामा रहेकाहरुको आन्दोलन परिचालन समिति गरेको जनाएको छ । उक्त ट्रेड युनियनका महासचिवको नेतृत्वमा आन्दोलन परिचालन सचिवालय समिति र सचिवालयमा प्रत्येक ट्रेड युनियनबाट ३र३ जना पदाधिकारी सदस्य रहनेछन् ।
संजालले २०८२ जेठ २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भई संघीय संसदको पश्चिम गेटमा धर्ना दिने भएको छ । र, थप कार्यक्रम जेठ २० मै पत्रकार सम्मेलनमार्फत् घोषणा गर्ने निर्णय गरेको छ ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend