काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरेको विषयमा कडा आलोचना गरेका छन् । आज (सोमबार) एमालेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले विपक्षीको मागलाई आधारहीन र रिसको भरमा गरिएको बताए ।
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा कर्मचारीलाई सोधपुछ गरेको विषयलाई लिएर विपक्षीले गृहमन्त्रीको राजीनामा मागेको दाबी गरे । ‘तथ्य र प्रमाणबिना गृहमन्त्रीलाई छुनुपर्ने अवस्था छैन। अख्तियारले एउटा कर्मचारीलाई बोलाएर सोधपुछ गर्यो भन्ने आधारमा राजीनामा मागिएको छ । के सोधियो, त्यो पनि थाहा छैन, बयान पनि लिइएको छैन,” उनले भने । “रिस उठ्यो भन्दैमा राजीनामा माग्ने कुरा हुँदैन ।’
उनले विपक्षीको संसद् अवरोध गर्ने शैलीप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘संसद् अवरोध गर्ने रु दुई जना उभिएर कराएपछि संसद् अवरोध हुने ? यो ज्यादती धेरै भयो,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले विपक्षी दलहरूको चरित्रमाथि पनि व्यङ्ग्य गरे । उनले माइतीघर मण्डलामा कुनै पनि विषयमा आन्दोलन भएमा विपक्षी दलहरूले समर्थन गर्ने गरेको टिप्पणी गरे । ‘कसैले सापटी लिएको पैसा नपाएर माइतीघर मण्डलामा आन्दोलन गर्यो भने पनि विपक्षी दलहरू कुदेर त्यहाँ पुग्छन् । ‘हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिन्छ, माग पूरा गराउनुपर्छ’ भन्छन्,’ ओलीले कटाक्ष गरे ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend