Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले पनि गणतन्त्रको पक्षमा आमसभा गर्ने


    सोमबार, जेष्ठ १९ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले पनि गणतन्त्रको पक्षमा आमसभा गर्ने भएको छ। आज बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

    ‘संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ। मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले  भने। जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन्।

    सत्ता साझेदार प्रमुख दल कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार