Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कमल थापा पक्राउपछि राजावादीले थाले धर्ना


    आइतबार, जेष्ठ १८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् ।

    राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।

    प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार