काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह मरले नेपालको संविधानले सरकार सञ्चालनका लागि बनाएको संयन्त्र र कांग्रेसको विधानले पदाधिकारी बैठकको निर्णय नचिन्ने भए पनि राजनीतिमा यही प्रवृत्ति हाबी भइरहेको टिप्पणी गरेका छन्। कांग्रेस पाँचथरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा भित्तेपात्रो विमोचनलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।
दुर्भाग्यवश सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्रलाई अगाडि सारिएको र त्यो प्रभावकारी हुन नसकेको उनले बताए। ‘यस्तो संयन्त्रलाई नेपालको संविधानले चिन्दैन। तर, दलहरूको सहमतिको आधारमा संयन्त्र बन्यो। ठिक छ। बनेको संयन्त्रले राम्रोसँग काम गर्नुपर्नेमा जिम्मेवारी बहन गर्न सकेको छैन्’ उनले भने।
संयन्त्रले प्रमुख सत्तारुढ दल कांग्रेसको ओजलाईसमेत सम्बोधन गर्न नसकेको उनको आरोप छ। ‘कांग्रेस मुलुककै ठूलो राजनीतिक दल हो। एकल बहुमत नहुँदा राजनीतिक अस्थिरतालाई स्थिर गतिमा लैजान कांग्रेसले गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर, वर्तमान संयन्त्र यो मर्मलाई बुझेर अगाडि बढेजस्तो देखिँदैन। संयन्त्रले कांग्रेसको ओजलाई बुझ्न सकेको छैन। प्रभावकारी काम पनि गर्न सकेको छैन,’ महरले टिप्पणी गरे।
यस्तै उनले पार्टीभित्रको पदाधिकारी बैठकको औचित्यमाथि समेत प्रश्न उठाएका छन्। उनले करिब एक वर्ष हुँनै लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेको र पदाधिकारी बैठकका निर्णयलाई कांग्रेसको विधानले नचिन्ने भएकाले त्यसको औचित्यमाथि प्रश्न उठाएका हुन्।
‘केन्द्रीय समिति बैठकको नियम उल्लंघन गरेर बारम्बार विधानले नचिन्ने पदाधिकारी बैठकको निर्णय भन्दै बाहिर आउनु दुर्भाग्यपूर्ण छ। यो लोकतान्त्रिक व्यवस्थाका लागि सुखद पक्ष होइन। प्रजातान्त्रिक पार्टीमा प्रजातान्त्रिक पद्धति अनुसार नै निर्णय हुनुपर्छ। केन्द्रीय समिति बैठक र कार्य सम्पादन समितिको बैठकबाट पार्टीका निर्णय अगाडि बढ्नुपर्छ,’ उनले भने।
पदाधिकारी बैठकबाट पार्टी अगाडि बढाइ १५औं महाधिवेशनलाई प्रभावित पार्ने खेल भइरहेको महरले आरोप लगाएका छन्। आफ्नो जिम्माको काम कसैले पनि नगर्दा र यसरी पदाधिकारी बैठकबाट पार्टी सञ्चालन गर्दा महाधिवेशन प्रभावित हुने खतरा रहेको उनले बताए।
‘त्यसैले ८ लाख ८८ हजार कांग्रेसका क्रियाशील सदस्यले टोलबाट नै आफ्नो भागको काम गर्नुपर्छ। टोल, वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेशमा सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ। र, जिम्मेवार पदाधिकारीलाई केन्द्रमा दबाब दिनुपर्ने बेला आएको छ। त्यसपछि मात्र पार्टीको महाधिवेशन अगाडि बढ्ने छ,’ उनले भने। यस्तो हुन सके मात्र देश र पार्टीले गति लिन सक्ने महरको बुझाइ छ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend