Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो


    आइतबार, जेष्ठ १८ २०८२
    685
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणको निमन्त्रणा पठाएका छन् ।

    प्रधानमन्त्रीको निमन्त्रणा पत्र रूसको भ्रमणमा रहनु भएका एमाले स्थायी कमिटीका सदस्य राजन भट्टराईले सो भेटका क्रममा महासचिव जुगानोभलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन । जवाफमा महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएका छन् ।

    जुगानोभसँगको भेटमा एमाले नेता भट्टराईका साथै प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रस्सियन फेडरेशनका महामहिम राजदूत जंगबबहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रुसका अध्यक्ष दीनानाथ राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।

    करिब डेढ घण्टा भएको उक्त भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका बिविध बिषयमाथी छलफल भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार