Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • गायक तथा संगीतकार गणेश रसिकको निधन


    आइतबार, जेष्ठ १८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ ।

    हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए । उनका भाइ नाता पार्ने वसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।

    संगीतकार संघका अध्यक्ष अष्ट लामाले पनि रसिकको निधन भएको बताए । रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । उनलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार