Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माइतीघरमा यातायात व्यवसायीको विरोध प्रदर्शन, भोलिदेखि देशभर यातायात ठप्प पार्ने


    आइतबार, जेष्ठ १८ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरुले आज दोस्रो दिनपनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशव्यापी आन्दोलन घोषणा गरेका यातायात व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।

    हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरेका व्यवसायीहरूले आज ब्यानर तथा प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि आफुहरुको लगानी संकटमा परेको यातायात व्यवसायीहरुको भनाई छ ।

    विभिन्न ७ बुँदे माग राखि आन्दोलनमा उत्रिएका उनीहरुले सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय गरेका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार