Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु


    शुक्रबार, जेष्ठ १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

    नागार्जुन नगरपालिका–६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा प्र–१–००२ ज ७०५७ नम्बरको ईभी माइक्रोबाट खसेर एक महिलाको मृत्यु भएको हो ।

    मत्यु हुनेमा नागार्जुन नगरपालिका–रामकोट बस्ने उदयपुर कटारी नगरपालिका–७ घर भएकी ३८ वर्षीया कोपिला परियार छिन् । उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार