Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन


    शुक्रबार, जेष्ठ १६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध जारी राख्ने अडान लिएका छन् ।

    सभामुख देवराज घिमिरेले अवरोध हटाउन दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताएका हुन् ।

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मानव तस्करी र भ्रष्टाचारसँग जोडिएको यो विषयमा सरकारले सुधार नगरे अवरोध कायम रहने बताए ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग राखे । गृहमन्त्री लेखकले भने यो विषयलाई राजनीतिक पूर्वाग्रहले उचालिएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार