Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादीले बोलायो संसदीय दलको बैठक, संसदमा प्रतिपक्षको भूमिकाबारे छलफल हुने


    शुक्रबार, जेष्ठ १६ २०८२
    910
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो ।

    पार्टीका सचिव देवेन्द्र पौडेलका अनुसार अनुसार जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो । संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।

    पौडेलले भने, ‘प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन विज्ञ सहितको संसदीय दलको बैठक बोलाएको छ । संसद्को अवरोधलाई जारी राख्ने कि वैकल्पिक उपाय खोज्ने भन्ने विषयमा विज्ञहरूको सहयोग लिनेछौँ । जेठ १९ गते बस्ने बैठकले नै निर्णय गर्नेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार