Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माओवादीले नेसपाका १५ नेतालाई केन्द्रीय सदस्य बनाउने


    शुक्रबार, जेष्ठ १६ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। एकताबाट केन्द्रीय सचिव बनेका श्रेष्ठलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतले स्वागत गरेका थिए ।

    बैठकमा नेसपाका नेता कार्यकर्ता समायोजन बारे छलफल भएको सचिव श्रेष्ठले जानकारी दिए । साथै आजको बैठकले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजिनामा नआएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार