काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ।
प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्।
घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्। त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ। प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।
जेठ १५ गते (हिजो) सरकारलाई बजेट प्रस्तुत गर्न दिएका ती दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक भने चल्न नदिने अडान लिँदै आएका छन्।
आज खुमलटारमा बसेको माओवादी केन्द्रको बेठकले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend