काठमाडौं । जेठ १५ गते तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ त्रिशुली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुवेर बेपत्ता भएको बताइएको छ ।
बेपत्ता बालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमाण्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको हो ।
नारायणी नदीको बीच भागमा फसेका २० जनाको उद्दार
भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।
नारायाणी नदीमा बाध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको हो ।
उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो । नदीको बाध फुट्दा गिट्टी, बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend