काठमाडौं । आज बिहान १० बजेदेखि रत्नपार्क–भद्रकालीमा ट्राफिक डाइभर्सन भएको छ । गणतन्त्र दिवसलक्षित विभिन्न कार्यक्रम आयोजना हुने भएका कारण आज बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा सवारी आवागमन बन्द गरिने भएको हो ।
गणतन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति रामचनद्र पौडेलेको प्रमुख आतिथ्यमा १० बजेदेखि सैनिक मञ्चमा कार्यक्रम गर्दैछ । त्यसका लागि विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शन हुने हुँँदा मूल सडकको सवारी आवागमन बन्द गरिनेछ ।
राष्ट्रपति पौडेल ११ बजे टुँडिखेलबाट फर्किएपछि नेकपा एमालेले सोही क्षेत्र केन्द्रित गणतन्त्र उत्सव मनाउँदैछ । त्यसपछिको ३ घण्टासम्म उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।
राप्रपासहित राजावादीहरुले २ बजेपछि रत्नपार्कस्थित शान्तिवाटीकामा प्रदर्शन गर्दैछन् । राजावादी प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ ।
राप्रपाले गर्ने कार्यक्रममा सडक अवरोध नहुने गरी व्यवस्थापन भएका कारण २ बजेपछि सडक खुला हुने छ । यदि कुनै अवरोध आएमा बढीमा ४ बजेसम्म उक्त सडकमा सवारी आवागमन प्रभावित हुने एसएसपी घिमिरेले बताए ।
उक्त सडकमा सवारी आवागमन बन्द भएको समय पुतलीसडक–जय नेपाल हल तथा कालिकास्थान–चारखाल सडक (ठाडो लाइन) को रुट प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend