Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै नेकपा एमाले


    बिहिबार, जेष्ठ १५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ ।

    एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन लागेको हो ।

    उक्त पार्टीले आज बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाँकीसहित र्‍याली भृकुटीमण्डपमा पुगेर उत्सवमा सहभागी हुनेछ ।

    यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार