Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् बैठक ३० मिनेटलाई स्थगित


    बुधबार, जेष्ठ १४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षीको अवरोधपछि ३० मिनेटलाई संसद् बैठक स्थगित भएको छ। करिब २ घण्टा ढिला गरी सुरु भएको संसद् बैठक कार्यसूचीमा प्रवेश नगरी ३० मिनेटलाई स्थगित भएको हो।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची पेस गर्नै लाग्दा प्रतिपक्षी दलका सांसदले उठेर अवरोध गरे। सभामुखले पटकपटक सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए।

    तर विपक्षीले गृहमन्त्री रमेश लेखको राजीनामालाई बटम लाइन बनाएपछि संसद् बैठकअघि बढ्न सकेन। त्यसपछि सभामुखले आजै ३० मिनेटपछि बस्ने गरी बैठक भएको सूचना पढेर सुनाए।

    त्यसअघि उनले दलीय आधारमा बोल्न दिने प्रस्ताव विपक्षीसँग गरेका थिए। विपक्षी दलहरूले अटेर गरेपछि घिमिरेले गृहमन्त्रीलाई जवाफ दिन समय उपदब्ध गराउने बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार