Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलको अवरोध


    बुधबार, जेष्ठ १४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।

    विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।

    यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज पार्टीका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

    सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार