Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


    बुधबार, जेष्ठ १४ २०८२
    690
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

    आज अपराह्न १:०० बजे हुने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

    प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।

    आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बताए ।

    यसअघि प्रदेश सभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार