काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलविरुद्ध दायर रिटको सुनुवाइ आज (बुधवार)का लागि पेसी तोकिएको छ। मंगलवार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन्। रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आवश्यक विज्ञता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको आरोप लगाइएको छ।
अधिवक्ताहरूले पौडेलको सिफारिस, नियुक्ति र शपथ ग्रहणको निर्णय गैर कानुनी भएको जिकिर गरेका छन्। उनीहरूले नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा नियुक्ति बदर गर्न तथा नोटमा हस्ताक्षरजस्ता गम्भीर राष्ट्रिय महत्त्वका कार्यमा पौडेललाई कुनै पनि दूरगामी कदम चाल्नबाट रोक लगाउन प्रतिषेध मिश्रित परमादेशको माग गरेका छन्।
यसअघि, पौडेल गभर्नर नियुक्त हुनुअघि नै अधिवक्ताहरूले उनको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। तर, प्रशासनले उक्त रिट दरपिठ गरिदिएको थियो र इजलासले पनि सो निर्णयलाई सदर गरेको थियो।
यसैबीच, सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधन गरेपछि अधिवक्तात्रयले उक्त संशोधन खारेज गर्न माग गर्दै अर्को रिट दर्ता गरेका थिए।
गत वैशाख २ गते सर्वोच्चले गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त रिटसँगै गभर्नर नियुक्तिविरुद्धको रिटलाई एकसाथ राखी आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend