काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताएका छन् ।
यहाँ आज आयोजना भएको ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उनले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री पाण्डेले भने, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।” उनले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मानसमेत व्यक्त गरे ।
“उहाँहरूको समर्पणले पर्वतीय यात्रालाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ”, मन्त्री पाण्डेले भने। सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । साथै पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, “यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।”
जलवायु परिवर्तन र ‘ग्लोबल वार्मिङ’का कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै उनले भने, “अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ ।”
उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मानसमेत गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिइओ० दीपकराज जोशीले नेपालको शान र पहिचानका रूपमा रहेको सगरमाथासहितका हिमाल आरोहणमार्फत साहसिक गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले पर्वतीय पर्यटन प्रवर्द्धनका साथै नेपाललाई साहसिक गन्तव्यका रूपमा स्थापित गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
सगरमाथा आरोही संघका अध्यक्ष डम्बर पराजुलीले विश्वभरका सगरमाथा आरोहीहरूको हौसला, प्रतिष्ठा र गौरव बढाउन समिट सान्दर्भिक हुने उल्लेख गरे अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरूको विशेष जमघट ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ पहिलो पटक काठमाडौँमा आयोजना गरिएको हो ।
एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट रहेको छ । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी छन् ।
एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए। उनका अनुसार सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायलाई एउटै मञ्चमा ल्याई दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण र स्थानीय समुदायको उत्थानबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि छलफल गर्ने अवसर प्रदान गर्ने उनले बताए ।
एभरेस्ट समिटियर्स समिटको मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथा, सफलताको अनुभूति, संघर्षका क्षणहरू र सिकाइका पाटा प्रस्तुत गर्ने रहेको छ ।
सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कीर्तिमानी आरोही मिङ्मा शेर्पा, हरिबहादुर बुढालगायतलाई सम्मान गरिएको थियो ।
‘सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित यो सम्मेलनले हिमालमा बढ्दो पर्यावरणीय संकट, जिम्मेवार पर्वतारोहण अभ्यास र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताप्रति ध्यानाकर्षण गराउने विश्वास लिइएको छ ।
सम्मेलन नेपाललाई सुरक्षित तथा दिगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्त्वपूर्ण रहने आयोजकको विश्वास छ ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend