काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । आज प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै बोलेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्वको सहयोगविना सम्भव नरहेको उनले बताए । उनले भने, ‘विभिन्न बैठकमा उहाँ ९लेखक० धेरै नैतिकताको कुरा उठाउनुहुन्छ । विभिन्न सुरक्षा, अनुसन्धान निकाय उहाँको मातहतमा छ । त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दिनुस् । अहिले नै उहाँ दोषी भन्दैनौँ । नभए संसद् चल्दैन ।’ उनले ठूलो माछा को हो ? भन्दै प्रश्नसमेत गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि अरुलाई नैतिकताको पाठ सिकाउने गृहमन्त्री आज आफैमाथि प्रश्न उठ्दा पदमा बसिरहन नपाउने भन्दै राजीनामा माग गरे ।
‘भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई मात्र होइन, गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । उच्चस्तरीय छानबिन समिति बनाएर यस प्रकरणको छानबिन नगरे संसद् चल्न दिँदैनौं,’ उनले भने ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend