Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान सुरू


    मंगलबार, जेष्ठ १३ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

    सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो ।

    भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् ।

    आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ।

    थेबे प्यानलबाट उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार