Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा २ जना मुत्यु, एक गम्भीर घाइते


    मंगलबार, जेष्ठ १३ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ।

    दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए।

    ‘दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो,’ डीएसपी नेपालले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।’

    दुर्घटनामा पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको नेपालले बताए।

    मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका- ७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार