काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारीमध्ये ५,५०० जनाले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण नबुझाएको जनाएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख छ, जुन कुल कर्मचारीको ०.७ प्रतिशत हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५,००० रुपैयाँ जरिबाना हुने व्यवस्था छ । यस आधारमा ५,५०० कर्मचारीबाट करिब २.७५ करोड रुपैयाँ जरिबाना सङ्कलन हुने अनुमान गरिएको छ ।
प्रतिवेदन बुझ्दै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सम्पत्ति विवरण सङ्कलन प्रक्रियालाई एकीकृत र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । केन्द्रले यो प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ को आधारमा तयार पारेको हो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend