Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक


    सोमबार, जेष्ठ १२ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने छ।

    पार्टीका कार्यवहाक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको बिषय र त्यसलाई संसद्मा प्रभावकारी रुपमा उठाउनेबारे छलफल हुनेछ।

    रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। यसअघि आज बसेको माओवादी केन्द्रको पधाधिकारी बैठकले पनि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार