Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: माओवादी


    सोमबार, जेष्ठ १२ २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ।

    आज बसेको पधाधिकारी बैठकले नेपालीलाई भिजिट भिसामा विदेश पठाएर ठगी गरेको आरोप लागेका गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको हो ।

    बैठकपछि माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीसँग कुरा गर्दै अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाउने कार्यमा गृहका कर्मचारी जोडिएको र सबैतिरबाट यो विषय आइरहेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । कांग्रेसभित्रैबाट पनि मागिएकोछ। राजीनामा दिएर मार्ग प्रशस्त पार्नुपर्छ। पावर पहुँच प्रयोग हुन नपाओस्। निष्पक्ष स्वतन्त्र छानबिनका लागि। जति ढिलो भयो उति राज्यको शाख गिर्छु उनले भने ।

    त्यस्तै बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गइरहेको निष्कर्ष निकालेको उनले सुनाए।

    त्यस्तै आज नै गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाद समाजवादी पार्टी र विजय सैजु नेतृत्वको नेपा राष्ट्रिय पार्टीसँग एकता कार्यक्रम तय भएको सापकोटाको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार