Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीनकुने घटनामा धवल, रवीन्द्र र दुर्गासहित ६१ जनाविरुद्ध मुद्दा दर्ता


    आइतबार, जेष्ठ ११ २०८२
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा पोखरेलका अनुसार राज्यविरुद्धको कसुरसमेतमा धवलशमशेर राणा, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित ५० जनालाई प्रतिवादी बनाइएको छ।

    दुर्गा प्रसाईंसहित ८ जनालाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको शर्माले जानकारी दिए। अरु ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ। चार जना नाबालकको हकमा अनुसन्धान भइरहेकाले बाल अदालतमा छुट्टै अभियोग दर्ता हुनेछ।

    चैत १५ गते राजावादीहरुले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।

    यस्तै प्रदर्शनकारीहरुले त्यसदिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्‍याएका थिए। यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए।

    त्यसैदिन बेलुकादेखि प्रहरीले पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान अगाडी बढाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार