Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राजदूत लम्साल र रुपाखेतीलाई अतिरिक्त जिम्मेवारी


    आइतबार, जेष्ठ ११ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

    राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार