Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारी काण्डका दोषीहरूले नै भ्रम फैलाएर एमालेलाई बदनाम गरिँदै छ: ओली


    आइतबार, जेष्ठ ११ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका दोषीहरूले नै एमालेविरुद्ध भ्रष्टाचारको आरोप लगाएर भ्रम फैलाउने प्रयास गरेको बताएका छन् ।

    आज (आइतबार) बागमती प्रदेशका वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले सहकारीमा भ्रष्टाचारको भ्रम फैलाएर एमालेलाई बदनाम गर्ने प्रयास भएको दाबी गरे । उनले भने, “हाम्रो पार्टीलाई सहकारीमा भ्रष्टाचार गरेको जस्तो देखाएर औँला ठड्याइँदै छ, तर यस्तो हल्ला सत्य होइन ।”

    ओलीले सहकारी ठगीमा संलग्नहरूले नै आफूलाई निर्दोष देखाउँदै पीडितलाई न्याय दिने भाषण गरेको भन्दै कटाक्ष गरे । “लुटेराहरूले पैसा फिर्ता नगर्ने, भ्रष्टाचारमा लिप्त हुने, अनि भ्रष्टाचारविरुद्ध ठुला कुरा गर्छन्, यो कति निर्लज्जता हो,” उनले भने ।

    प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि व्यङ्ग्य गरे । “प्रचण्ड भ्रष्टाचारविरुद्ध ठुलो स्वर गर्छन्, तर भ्रष्टहरूले नै यस्ता भाषण गर्ने अवस्था छ,” उनले भने ।

    ओलीले माओवादीको मेची–महाकाली अभियानको तुलना एमालेको अभियानसँग गर्दै माओवादीको कार्यक्रममा जनसहभागिता कम भएको टिप्पणी गरे । “एमालेको अभियानमा जनसागर उर्लिन्छ, माओवादीकोमा त्यस्तो देखिँदैन,” उनले भने ।

    उनले २०६४ मा माओवादीले आतङ्क र लुटपाटबाट मत प्राप्त गरेको तर त्यस्तो अवस्था अब नआउने दाबी गरे । “माओवादीले राम्रो काम गरेर होइन, त्रास र हिंसाबाट २०६४ मा मत पाएको थियो । अब न २०६४ फर्किन्छ, न माओवादी,” ओलीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार