Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेयर बालेनले सोधे महानगर प्रवक्तालाई सात दिने स्पष्टीकरण


    आइतबार, जेष्ठ ११ २०८२
    740
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले वडा नं. १७ का अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरलाई सात दिने स्पष्टीकरण सोधेको छ। जेठ ८ गते मेयरको निर्देशनमा सोधिएको स्पष्टीकरणमा मेयरको व्यक्तिगत चरित्रमाथि आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ।

    सचिवालय प्रमुख शान्ता पहाडीको हस्ताक्षरित पत्रमा भनिएको छ, “जनप्रतिनिधिको गरिमामय पदमा रहँदा आधारहीन, अमर्यादित अभिव्यक्तिहरूले मेयरको चरित्रहत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको छ, जुन मुलुकी फौजदारी संहिता, २०७४ अनुसार दण्डनीय छ।” पत्रले सात दिनभित्र गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न निर्देशन दिएको छ।

    यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत चैत २१ मा मानन्धरसहितका जनप्रतिनिधिहरूले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेको कदमविरुद्ध उभिएका थिए।

    साथै, मेयरको एकलौटी निर्णयप्रति वडाध्यक्षहरूले असन्तुष्टि जनाउँदै आएका छन्। गत वर्ष पुसमा काठमाडौँ टावरको नक्सा पास प्रक्रियामा अनियमितताको आरोपमा मेयरले मानन्धरमाथि छानबिन सुरु गरेका थिए, जुन विवाद अझै कायम छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार