Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो ।

    उनीहरूला कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार