Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित


    शुक्रबार, जेष्ठ ९ २०८२
    855
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गरेका ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।

    यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन-२०७६, प्रदेश सहकारी ऐन-२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७६, भवन ऐन-२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन-२०७७, प्रदेश पर्यटन विकास ऐन-२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन-२०७७ र प्रदेश वन ऐन-२०७७ समेत गरी आठ वटा छन् ।

    कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि आज हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिने कार्यसूची रहेको उपसचिव गौतम अमात्यले जानकारी दिए ।

    यही जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार