काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालय मातहतका निकायलाई कार्यशैलीमा सुधार गर्दै परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आयोजित ‘सार्वजनिक संस्थानहरूको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उनले मन्त्रालय मातहत रहेका विभाग र संस्थानहरूले आर्थिक वर्षको सुरुमा गरेको सम्झौता बमोजिम काम सम्पन्न गर्न निर्देशन दिए ।
उनले प्रधानमन्त्रीसँग आफूले र आफू सँग सचिवहरूले, सचिवले महाशाखा, विभाग तथा संस्थानहरूसँग गरेको सम्झौताको सत प्रतिशत नतिजा दिन निर्देशन दिए । मन्त्री भण्डारीले कतिपय निकायले नीतिगत समस्या वा अन्य बाहान देखाउँदै काममा ढिलासुस्ती गर्ने कुरा अब स्वीकार्य नहुने बताए ।
उनले भने, “हामीले आर्थिक वर्षको सुरुवातमा जे छलफल ग¥यौँ, त्यसैको आधारमा गर्न सकिने कामहरूको मात्रै सम्झौता गरेका छौँ, ती मध्ये कतिपय कामहरू सम्पन्न पनि भकाएछन् । तर अझै सन्तोष मान्ने धेरै कामहरू अधुरा छन् । ती समयमै पुरा गरेर देखाउनुपर्छ, त्यसमा फेल हुने छुट कसैलाई पनि छैन ।”
मन्त्री भण्डारीले मन्त्रालय मातहत रहेका सबै निकायहरूलाई आजकै मितिबाट कामको गति बढाउन निर्देशन दिए । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सबै निकायसँग कानुन, जनशक्ति र संरचनाको पर्याप्तता भएको अवस्थामा समेत काम सम्पन्न गर्न नसक्नु दुःखद विषय भएको बताए ।
उनले भने,“हामी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै चिजहरू हामीसँग हुँदा पनि कहिलेकाहीँ काम गर्न डराउने, रिस्क लिन नसक्ने, समन्वय गर्न नसक्ने लगायतका कमजोरी छन् । समस्याहरू केके हुन्, यसै अन्तरक्रियामा खुलेर राखौँ र समाधान सहित परिणाममुखी काममा लागौँ ।”
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख छविचन्द्र पराजुलीले निर्देशित कामहरू पुरा गर्ने जिम्मेवारीका साथ कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमहरू मन्त्रालयका सबै महाशाखा प्रमुखहरू, संस्थानका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । अन्तरक्रियामा मन्त्रालय मातहतका निकायहरूले आर्थिक वर्षको सुरुवातमा लिएको लक्ष्य र त्यसको उपलब्धिका विषयमा छलफल भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend