Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हुम्लामा हिमतालमा फुटेको स्थानमा पुग्यो प्रहरी, दियो राहात


    शुक्रबार, जेष्ठ ९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली पुगेको छ ।

    गत जेठ १ गते नजिकै रहेको सुखाङ लुग्वा खोलामा गाउँ देखी माथी रहेको हिमताल फुटी पानीको बहाव बढी खोलाको आसपासमा रहेका गाउँमा क्षति पुरयाएको एक साता पछि नेपाल प्रहरी सो स्थानमा पुगेको हो ।

    प्रहरीका अनुसार लघु जलविधुत पावर हाउस, पानी घट्ट, तिला गाउँ र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङकी, सिचाई कुलो समेतमा क्षती भएको तथा खोला नारमा रहेको तिलगाउँ बस्ती रहेको जमिन चर्किन गई बसोबास गर्न जोखिमयुक्त रहेको जनाएको छ।

    प्रहरी टोली खटिई गाउँमा रहेका जोखिम युक्त घरधुरीका मानिसहरुलाई उपलब्ध श्रोतसाधनको प्रयोग गरी सुरक्षित ठाउँमा स्थानतरण गरिरहेको नेपाल प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार