चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये माओवादीले नेतृत्व गरेको पालिकामा धेरै बेरुजु देखिएको छ ।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सवैभन्दा धेरै बेरुजु माओवादीका केन्द्रीय तहमा रहेका नेताहरु रहेको चौतारासाँगाचोक गढी नगरपालिकामा रहेको छ । जहाँ माओवादी उपाध्यक्ष अग्नी सापकोटामा भाइ कृष्णप्रसाद सापकोटा मेयर छन् ।
यो नगरपालिकामा माओवादी बहुमतमा पनि छ । यहाँ २३ करोड ३ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । रकमको आधारमा बेरुजुमा यो पालिका १२ स्थानमा छ । कुल वजेटको आधारमा वेरुजु ७.६७ प्रतिशत हो भने प्रतिशतको आधारमा पनि १२ औं स्थान हो । यो पालिका सिन्धुपाल्चोकबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने सवै नेताहरुको गृहपालिका हो ।
माओवादी उपाध्यक्ष,अग्नि सापकोटा, सांसद तथा अग्निका भतिजा माधव सापकोटा, प्रदेश सांसद युवराज दुलाल तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा पनि यही पालिकाका बासिन्दा हुन् ।
त्यसो त कार्यकारी अधिकृतसमेत उनीहरुले हसियाँ हथौडा छापे बन्धु बैकुण्ठप्रसाद सापकोटा छन् । बैकुन्ठ बुढानीलकन्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका हुँदै राजस्व अनुसन्धान कार्यालय पथलैया हुँदै चौतारा साँगाचोकगढीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका हुन् । यातायात कार्यालयमा समेत बसिसकेका यी सापकोटा निजामतीमा अकूत सम्पत्ति कमाउने उपसचिवमध्ये १० जनाभित्र पर्दछन् ।
माओवादीले नै नेतृत्व गरेको लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिकामा पनि बेरुजु धेरै देखिएको छ । माओवादीका तर्फबाट राजु लामा अध्यक्ष रहेको लिंसंखुपाखर गाउँपालिकामा ६ करोड पन्ध्र लाख रुपैयाँ बेरुजु देखिएको छ ।
सिन्धुपाल्चोकका १२ पालिकामध्ये बेरुजुको ११ औं स्थानमा यो पालिका परेको छ । माओवादीका गंगा तामाङ अध्यक्ष रहेको बलेफी गाउँपालिकामा पनि ५ करोड छपन्न लाख रुपैयाँ वेरुजु देखाइएको छ । यो पालिका बेरुजु धेरै हुनेमध्ये आठौं स्थानमा परेको छ ।
त्यसैगरी माओवादीले नै नेतृत्व गरेको जुगल गाउँपालिकामा दुई करोड ४१ लाख रुपैयाँ बेरुजु देखाइएको छ । प्रतिशतको आधारमा यो पालिका ६ औं स्थानमा बेरुजुमा परेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चार पालिकामा माओवादीबाट बिजयी जनप्रतिनिधिको नेतृत्व रहेको छ ।
बेरुजुमा उनीहरु अग्रपक्तिमा छन् । जिल्लाको एमालेले नेतृत्व गरेको इन्द्रवती गाउँपालिकामा सवैभन्दा थोरै बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जहाँ एमालेका झम्क नेपाल अध्यक्ष छन् । दोस्रो कम बेरुजू काँग्रेस नेतृत्व रहेको भोटेकोशी गाउँपालिका रहेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend