चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये माओवादीले नेतृत्व गरेको पालिकामा धेरै बेरुजु देखिएको छ ।
महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सवैभन्दा धेरै बेरुजु माओवादीका केन्द्रीय तहमा रहेका नेताहरु रहेको चौतारासाँगाचोक गढी नगरपालिकामा रहेको छ । जहाँ माओवादी उपाध्यक्ष अग्नी सापकोटामा भाइ कृष्णप्रसाद सापकोटा मेयर छन् ।
यो नगरपालिकामा माओवादी बहुमतमा पनि छ । यहाँ २३ करोड ३ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । रकमको आधारमा बेरुजुमा यो पालिका १२ स्थानमा छ । कुल वजेटको आधारमा वेरुजु ७.६७ प्रतिशत हो भने प्रतिशतको आधारमा पनि १२ औं स्थान हो । यो पालिका सिन्धुपाल्चोकबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्ने सवै नेताहरुको गृहपालिका हो ।
माओवादी उपाध्यक्ष,अग्नि सापकोटा, सांसद तथा अग्निका भतिजा माधव सापकोटा, प्रदेश सांसद युवराज दुलाल तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा र अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा पनि यही पालिकाका बासिन्दा हुन् ।
त्यसो त कार्यकारी अधिकृतसमेत उनीहरुले हसियाँ हथौडा छापे बन्धु बैकुण्ठप्रसाद सापकोटा छन् । बैकुन्ठ बुढानीलकन्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका हुँदै राजस्व अनुसन्धान कार्यालय पथलैया हुँदै चौतारा साँगाचोकगढीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका हुन् । यातायात कार्यालयमा समेत बसिसकेका यी सापकोटा निजामतीमा अकूत सम्पत्ति कमाउने उपसचिवमध्ये १० जनाभित्र पर्दछन् ।
माओवादीले नै नेतृत्व गरेको लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिकामा पनि बेरुजु धेरै देखिएको छ । माओवादीका तर्फबाट राजु लामा अध्यक्ष रहेको लिंसंखुपाखर गाउँपालिकामा ६ करोड पन्ध्र लाख रुपैयाँ बेरुजु देखिएको छ ।
सिन्धुपाल्चोकका १२ पालिकामध्ये बेरुजुको ११ औं स्थानमा यो पालिका परेको छ । माओवादीका गंगा तामाङ अध्यक्ष रहेको बलेफी गाउँपालिकामा पनि ५ करोड छपन्न लाख रुपैयाँ वेरुजु देखाइएको छ । यो पालिका बेरुजु धेरै हुनेमध्ये आठौं स्थानमा परेको छ ।
त्यसैगरी माओवादीले नै नेतृत्व गरेको जुगल गाउँपालिकामा दुई करोड ४१ लाख रुपैयाँ बेरुजु देखाइएको छ । प्रतिशतको आधारमा यो पालिका ६ औं स्थानमा बेरुजुमा परेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चार पालिकामा माओवादीबाट बिजयी जनप्रतिनिधिको नेतृत्व रहेको छ ।
बेरुजुमा उनीहरु अग्रपक्तिमा छन् । जिल्लाको एमालेले नेतृत्व गरेको इन्द्रवती गाउँपालिकामा सवैभन्दा थोरै बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जहाँ एमालेका झम्क नेपाल अध्यक्ष छन् । दोस्रो कम बेरुजू काँग्रेस नेतृत्व रहेको भोटेकोशी गाउँपालिका रहेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend