Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • धनुषा एमालेमा महासेठ निकट भोला यादव नेतृत्वको प्यानल विजयी


    शुक्रबार, जेष्ठ ९ २०८२
    705
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८ औँ अधिवेशनबाट भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ ।

    नेकपा(एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका हुन्। उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्। अध्यक्ष पदमा यादव २०२ मत अन्तरले विजयी भएका हुन् ।

    भोला रघुवीर महासेठ निकट हुन् भने लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डल निकट मानिन्छन् ।

    यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादव ४३० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जयप्रकाश सुनरैतले १६० मत पाएका छन् ।

    यस्तैगरी सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन् ।

    उपसचिव पदमा सबिन विक्रम थापा र रुका कुमारी मिश्र तथा लेखा समिति संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन् ।

    धनुषा जिल्लाको १३५ सदस्य कार्यसमिति चयनका लागि ६२८ जना प्रतिनिधिले भाग लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार