काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितको विश्वास र सहभागिता सुनिश्चित गर्न सम्बद्ध पक्षहरूलाई आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता डा।टिकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय पीडितको स्वीकार्यता, विश्वसनीयता र सहयोगमा आधारित हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाल सरकारले दुई वर्षदेखि रिक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठन गरेको सन्दर्भमा द्वन्द्वपीडितहरूले आयोग गठन प्रक्रियाप्रति व्यक्त गरेको असहमतिप्रति आयोगको ध्यानाकर्षण भएको छ । आयोगले विगतका असफल प्रयासहरूबाट पाठ सिक्दै द्वन्द्वपीडितको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
विवाद र असहमतिलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने भन्दै आयोगले पीडितलाई न्यायको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएको छ । ‘सङ्क्रमणकालीन न्यायलाई विशुद्ध कानुनी विषयमा मात्र सीमित नराखी, अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै पीडितको सन्तुष्टि र भविष्यमा द्वन्द्व नदोहोरिने कुरालाई प्राथमिकता दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले सङ्क्रमणकालीन न्यायलाई समयमै टुङ्ग्याएर द्वन्द्वपीडितको न्यायप्रतिको आकाङ्क्षा र भावनाको सम्मान गर्नुपर्नेमा दृढ रहेको बताएको छ । यसका लागि सबै पक्षलाई पीडित समुदायको विश्वास जितेर सहकार्य गर्न आयोगले अनुरोध गरेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend