Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उखु किसानलाई ८ करोड भुक्तानी बाँकी, २१ दिनको म्याद समाप्त


    मंगलबार, माघ ६ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । विभिन्न चार चिनी उद्योगले उखु किसानलाई रु. आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । रु ६५ करोड बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई रु. आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

    सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन् । 

    उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको रु ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म रु ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा. वैैकुण्ठ अर्यालले जानकारी दिए। उनका अनुसार रु ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ । 

    मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले रु दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ । मिललको बैंक खातामा रु एक करोेड ७६ लाख जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन् । किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम रु १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले रु चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ । 

    यसैगरी रु चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन । लुम्बिनी सुगर मिलले रु आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म रु पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ । उक्त मिलको खातामा रहेको रु तीन करोड रकम रोक्का राखिएको छ । 

    अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन् । यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार