Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुम पश्चिमको राडी बजार क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा


    मंगलबार, माघ ६ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ।  जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

    नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो ।

    सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

    नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए । दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै निषेधाज्ञा जारी गरिएकाे हाे।

    rukum-pashim-cdo-office-press-note.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार