Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडसिल्ड खोप बिहीबार नेपाल आइपुग्ने


    मंगलबार, माघ ६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप आउने बिहीबार नेपाल आइपुग्ने भएको छ। शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउने तयारी भएको हो ।

    भारतले अनुदानस्वरूप एक लाख डोज खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,’ मन्त्रालय स्रोतले भन्यो।

    एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार