Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ


    बुधबार, जेष्ठ ७ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सर्वोच्च अदालतमा आयोजित समारोहमा बुधबार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका हुन्।

    सरकारले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको थियो । शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार