Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि र छविको निवेदनमा आज सुनुवाइ नहुने


    बुधबार, जेष्ठ ७ २०८२
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रास्वपा सभापाति रवि लामिछाने र छविलाल जोशीको निवेदन आज पनि सुनुवाइ नहुने भएको छ । मंगलबार ‘हेर्दाहेर्दैमा’ राखिएको लामिछानेको निवेदनमा आज पनि सुनुवाइ नहुने भएको हो ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने र जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग राखेर दिएको निवेदनमाथि मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो ।

    न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको यो मुद्दाको सुनुवाइ आज स्थगन गरिएको सर्वोच्चले जनाएको छ । न्यायाधीश सुवेदी संवैधानिक इजलासमा जानुपर्ने भएकाले ढकालसँगको इजलास नबस्ने भएको छ । संवैधानिक इजलास हरेक बुधबार बस्ने गरेको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश उच्चबाट पनि सदर गरेको थियो । हाल रवि र छवि रुपन्देही कारागारमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार