Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तरता पाउँछः शंकर पोखरेल


    बुधबार, जेष्ठ ७ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने ठोकुवा गरेका छन्।

    प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।

    सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार संचालन गरेको पोखरेलको भनाई छ ।

    दुइ दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन,’ महासचिव पोखरेलले भने, ‘असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन् ।’ सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एकदलको नीतिमा नभइ सामूहिक नीतिका आधारमा चलाइने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार