Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीका ११ एसएसपी डीआईजी बढुवा सिफारिस (सूचीसहित)


    मंगलबार, जेष्ठ ६ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको रिक्त एक एआईजीमा सिद्धिविक्रम शाहको बढुवा सिफारिस लगत्तै बढुवा समितिले ११ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस भएको छ ।

    मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले एघार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । सिनियर एसएसपीको टोलीबाट मात्र बढुवा गरिएको छ ।

    डीआईजी बढुवा सिफारिस हुने एसएसपीहरुमा सुदर्शन कोइराला, दीपक रेग्मी, ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र जिसी, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दास रहेका छन् । तर सिनियर टोलीकै शारदाप्रसाद चौधरी भने बढुवामा छुटाइएका छन् ।

    डीआईजी बढुवा सिफारिस हुने एसएसपीहरु

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार