Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा


    मंगलबार, जेष्ठ ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दि प्रत्यक्षीकरण निवेदनमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

    आज लामिछानेका तर्फबाट बहस सुरु भएको छ। जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका पूर्वडीआईजी छविलाल जोशीको पनि निवेदन साथै राखिएको छ।

    रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्। छविलाई भने जिल्लाले थुनामा पठाएको र उच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार