Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ


    मंगलबार, जेष्ठ ६ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुनसहित एक जना पक्राउ परेको छ ।

    विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेको हो। कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

    हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार