Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व पौडेलविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा


    मंगलबार, जेष्ठ ६ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थविद् विश्व पौडेलविरुद्धको रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको आज (मंगलबार) सुनुवाइ हुने भएको छ । उक्त निवेदन सुनुवाईका लागि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसि तोकिएको छ ।

    अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति छाडेका पौडेललाई गभर्नर बनाउन लागेको भन्दै रिट दिएका थिए। तर सो रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए।

    सोविरुद्ध गत शुक्रबार रिट निवेदकले अर्को निवेदन दिएका थिए। आइतबार दर्ता भएको सो निवेदनको पेसी आजका लागि तोकिएको थियो। यसको सुनुवाइ न्यायाधीश मल्लको इजलासमा हुने भएको हो।

    सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने नहुने टुंगो लाग्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार