काठमाडौँ । नयाँ दिल्लीमा रहेका युरोपेली संघका सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन्।
वार्षिक मिसन प्रमुखको नेपाल भ्रमणको लागि उनीहरू काठमाडौँ आएको नेपालस्थित ईयू डेलिगेसनको कार्यालयले जनाएको छ। धेरै युरोपेली मुलुकका दिल्लीस्थित नियोगहरूले नेपाल मामिला पनि हेर्छन्।
दिल्लीबाट नेपाल भ्रमणमा रहेका राजदूतहरू १९ देखि २१ मे २०२५ सम्मको तीन दिने मिसनका लागि नेपाल आएका हुन्।
टिम युरोपको भावनामा आयोजना गरिएको यस भ्रमणले नेपालका प्राथमिकताहरू बुझ्ने र सहयोगका क्षेत्रहरू उजागर गर्ने नेपालस्थित डेलिगेसनले जनाएको छ। डेलिगेसनले विज्ञप्तिमार्फत जनाएअनुसार यस क्रममा उच्चस्तरीय बैठकहरू, विभिन्न क्षेत्रका भ्रमणहरू र विविध क्षेत्रका सरोकारवालाहरूसँग अन्तक्रिया गर्ने कार्यक्रम तय भएका छन्।
भ्रमणको क्रममा राजदूतहरूको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी घरेलु र विदेशी नीतिका मुद्दाहरूमा छलफल गरेको थियो। यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि सोमबार साँझ नै उक्त टोलीले शिष्टाचार भेट गरेको छ।
डेलिगेसनका अनुसार उनीहरू नागरिक समाज संस्थाहरू र मिडियाका साथै निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूसँग पनि छलफल गर्नेछन्।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend